मेडिकलले नै बेच्छन लागुऔषध
मेडिकल सञ्चालकले औषधिका नाममा लागू औषध कारोबार गरेको फेला परेको छ । उनीहरुले सामान्य मूल्यको औषधिलाई महँगो पैसा असुलेर लागुऔषधका रुपमा बेच्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले लागुऔषध कारोबार गर्नेलाइई नियन्त्रणमा लिएर कारबाही थालेपछि यो तथ्य बाहिर आएको हो ।

मेडिकल सञ्चालकले लागुपदार्थ मानिएका औषधि
कुन बिरामीले कुन प्रयोजनका लागि कहिले लगेको हो, विवरण राख्नुपर्ने नियम छ
। नियमनकारी नियकाले आवश्यक परेका बेला ती विवरण अनुसन्धानका लागि माग्न
सक्छ । तर मेडिकलहरुले यस्ता कुनै विवरण राखेको पाइदैन् । डिइजापाम,
लोहोराजेपाम, नाइट्रोसन, टिडिजेसिकजस्ता औषधि र सिरिन्ज लागुऔषधको रुपमा
प्रयोग गर्ने धेरै छन् ।
0 comments
Write Down Your Responses