यौन सम्पर्क गर्न नदिँदा प्रेमीले गरे आत्महत्या

प्रेमिकाले यौन सम्पर्क राख्न नदिएको भन्दै झापाको शनिश्चरे ७ स्थित नयाँ बसपार्कमा सञ्चालित न्यूराज होटलमा एक युवकले आइतबार राति झुण्डिएर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा मेचीनगर नगरपालिका ३ का २३ बर्षिय किरण विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

विश्वकर्मा होटलमा बुधबारे ९ की १९ वर्षीया प्रेमिकासँगै एउटै कोठामा सुतेका थिए। प्रेमिकाले यौन सम्पर्क राख्न अस्वीकार गरेका कारण प्रेमिका सुतेपछि विश्वकर्माले पंखामा प्लास्टिकको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। विश्वकर्मासँगै बसेकी प्रेमिकाले राति २ बजे विश्वकर्मा झुण्डिएको अवस्थामा देखेपछि प्रेमिकाले नजिकैको कोठामा सुतेकालाई खबर गरेकी थिइन्।

विश्वकर्माले आइतबार बेलुकैबाट आत्महत्या गर्न भन्दै बियरको बोतलले आफ्नै टाउकोमा हिर्काएको र राति आत्माहत्या गरेको बताइएको छ। विश्वकर्मासँगै सुतेकी प्रेमिकालाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक विपीन रेग्मीले बताए।

त्यस्तै शनिश्चरे ७ कै गिरीबन्धु टि स्टेट परिसरमा हत्या गरेर फालिएको अवस्थामा सोमबार एउटा शव फेला परेको छ। मंगोलियन अनुहार जस्तो देखिने अपरिचित व्यक्तिलाई केही दिन अघि नै हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक रेग्मीले बताए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.