याहुकी सिइओ मारिसामाथि कम्पनी हत्याको आरोप
लामो समय गुगलमा सेवा गरेर दुई बर्षअघि मात्र याहुको प्रमुख कार्यकारी अधिकृत बनेकी सुन्दरी मारिसा मेयरका पछिल्ला निर्णयले प्रबिधि बजारमा उनको नियतमाथि प्रश्न उठाउन थालिएको छ ।

सन् २०१२ मा सिइओ नियुक्त भएपछि याहुले
मारिसाको नेतृत्वमा नविन सोचयुक्त ३८ वटा नयाँ कम्पनी किनेको छ जसमध्ये ३१
वटा बन्द गरिएका छन् । सन् २०१४ को पहिलो दुई महिनामात्र मारिसाले ८ वटा
स्टार्टअप खरिद गरेकी छिन् ।
नयाँ स्टार्टअप खरिद गर्ने होडमा
याहुमात्र हैन, फेसबुक, गुगल, एप्पल, एओएल, एमाजोन, इवे लगायतका टेक
जाइन्टहरु लागिरहेकै छन् । अरु कम्पनीले स्टार्टअपहरुका सोंच र उत्पादनलाई
आफ्नो मुख्य उत्पादनसँग मिलान गर्ने र नयाँ सुबिधा थप्ने गरेपनि याहुले
त्यसो गरेको छैन् । अधिकांशलाई किन्नासाथ बन्द गर्छ । जसले गर्दा ती साना
कम्पनीका ग्राहकहरु ठगिएका छन, बिना सूचना अचानक सेवा बन्द गरिएको छ ।
आखिर याहुले किन यस्तो प्रचुर सम्भावना भएका ‘स्टार्टअप’हरुलाई धमाधम हत्या गर्दै छ ?
युवा दिमाग जम्मा पार्ने दाउ
नाफा घट्दै जानु, इन्टरनेट बजारमा आफ्नो
हिस्सा र सान गुमाउँदै जानु कुनैबेलाको इन्टरेन बादशाह याहुको अहिलेको
नियति हो । जसले गर्दा याहुमा काम गर्ने कर्मचारीहरु अन्य नयाँ कम्पनी
खोज्दै जागिर छाड्न थाले, नयाँ कर्मचारी आर्कर्षित गर्न कठिन हुन थाल्यो ।
कम्पनीमा सिर्जनशील सोंच भएका नयाँ युवाहरुको खडेरी पर्न थालेपछि याहुले
साना कम्पनी किनेर त्यसका उर्जाशील संचालकहरुलाई याहुमा समेटने योजना बनायो
।
उसका लागि ती साना कम्पनीले बनाएका
उत्पादन भन्दा पनि उनीहरुको उर्जाशील दिमाग चाहिएको थियो जसले अन्ततः
याहुको पुरानो शाख पुनस्थापित गर्न सकियोस् ।
अर्कोतिर याहुले मोबाइलमा आफ्नो सम्पूर्ण
ध्यान केन्द्रि गरिरहेको छ । पछिल्लो ३८ कम्पनीमध्ये धेरैजसो मोबाइल सेवा
बिस्तारमा कुनै न कुनै हिसावले उपयोगी हुने प्रोडक्ट निर्माणमा लागेका
कम्पनी हुन् । अबको भबिष्य सान्दर्भिक मोबाइल सर्च रहेको ठानेको याहुले
नयाँ पुस्ताका सीर्जनशील युवाहरुको नयाँ पंक्ति तयार पार्ने अभियानमा
लागेको अमेरिकी पत्रिका रिडराइटले जनाएको छ ।
0 comments
Write Down Your Responses