‘गुलाब ग्याङ’माथिको प्रतिवन्ध हट्यो, शुक्रबार नै रिलिज हुने


दिल्ली हाईकोर्टले माधुरी दीक्षित र जुही चावला अभिनित फिल्म ‘गुलाब ग्याङ’को प्रदर्शनमा लगाएको रोक हटाएको छ । अब फिल्म शुक्रबार नै रिजिल हुनेछ । फिल्ममा निर्माता अनुभव सिन्हाको विशेष निवेदनमा अदालतले यस्तो फैसला गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । बुधबार बुन्देलखण्डका चर्चित गुलाबी ग्याङका नेता सन्पत पालको निवेदनपछि दिल्ली हाईकोर्टले फिल्म रिजिलमा रोक लगाएको थियो । सन्पतले यो फिल्म आफ्नो जीवनमा आधारित भएर बनाएको र आफूसँग अनुमति नलिएको दावी गरेका छन् । तर, फिल्मको निर्माण पक्षले भने सम्पतको जिन्दगीसँग फिल्मको कुनै साइनो नभएको दावी गर्दै आइरहेको छ । गुलाब ग्याङमा माधुरी दीक्षितको मूख्य भूमिका छ भने जुही चावला नकारात्मक भूमिका छिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.