कहाँ हरायो २३९ सवार बोइङ ?
फागुन, काठमाडौं । २ सय ३९ सहित सम्पर्कविहीन भएको मलेसियन एयरलाइन्सको बोइङ अझै भेटिएको छैन । दक्षिण पूर्वी एशियाशी देशका विमान र पानी जहाज विमान खोजीमा जुटेको छ ।

यद्यपि भियतनामका अधिकारीहरुले समुन्द्रका
दुई स्थानमा तेलको ठुलो धब्बा भेटिएको बताएका छन् । यद्यपि यो हराएको
विमानकै हो भन्ने पुष्टी भएको छैन ।
विमानमा १२ चालक दलका सदस्यसहित २ सय ३९
जना थिए । जसमा चीनका मात्र १ सय ५३ जना छन् । ३५ मलेसियन, सात/सात
इण्डोनेसिया र अष्ट्रेलियाका नागरिक छन् भने पाँच भारतीय र चार अमेरिकन पनि
छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले विमान भियतनाम नियन्त्रित हजाई क्षेत्रमै हराएको बताएको छ ।
0 comments
Write Down Your Responses