मेरो महिनावारी किन नभएको होला?

म २२ वर्षीया विवाहित गृहिणी हुँ। मैले पहिलो छोरी पाएको तीन वर्ष पूरा भयो। मैले तुरुन्त गर्भ रहन नदिन तीनमहिने सुई प्रयोग गर्दै आएकी छु, तर अहिले मेरो महिनावारीमा समस्या आएको छ। मेरो महिनावारी तीनमहिने सुई प्रयोग गरेदेखि नै भएको छैन। मैले ३ महिने सुई नलगाएको पनि २ वर्ष भैसक्यो। मेरो महिनावारी किन नभएको होला?



परिवार नियोजनका लागि प्रयोग गरिने ३ महिने सुई (संगिनी, डिपो) मा एक किसिमको हार्मोन प्रयोग गरिएको हुन्छ। नेपालमा प्रयोग गरिने अस्थायी साधनहरूमध्ये सबैभन्दा बढी दम्पतीले रुचाएको तीनमहिने सुईले महिलाहरूमा अण्डा उत्पादन हुन दिँदैन र त्यसैले गर्भ नरहने हुन्छ। यो एउटा प्रभावकारी साधन पनि हो, तर यसको प्रयोग गरेका महिलाहरूमा सुई छाडेको ३ देखि १० महिनासम्म महिनावारी नहुने तथा गर्भ नरहने हुन सक्छ। यस्तो अवस्थामा डराउनु पर्दैन। धेरैजसो महिलामा आफैं महिनावारी सुरु हुन्छ र कसै-कसैमा महिनावारी सुरु नभए पनि गर्भ रहन सक्छ। यस्तो अवस्थामा गर्भ चाहने महिलाहरूले नियमित परीक्षण गराइरहनुपर्छ र गर्भ नचाहने दम्पतीले अर्को परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.