पानीट्यांकीमा नाङ्गै नाच्ने मानसिक रोगीको ‘उद्धार’
जेठ, मोरङ । खानेपानीको अग्लो ट्यांकीको टुप्पोमा चढेर नांगै नाच्ने एक
मानसिक रोगीलाई मोरङको पथरीमा स्थानीय प्रहरीले उद्धार गरेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
पथरी बजारमा रहेको अग्लो खानेपानीको
ट्यांकीमाथि चढेर पथरी-१ का २८ वर्षीय रुद्र मगरले सोमबार दिउँसो डेढ
घण्टासम्म ताण्डव नृत्य देखाएका थिए । नांगै रहेका उनले पानीट्यांकीको
टुप्पामा पुगेर हातमा बोकेको डण्डीले घरि क्रिकेट खेलेकोजस्तो त घरि
खुट्टाले फुटबल हानेजस्तो भावभंगी देखाएका थिए । उनको चर्तिकला हेर्न
क्षणभरमै सयौं मानिस जम्मा भएका थिए । ६ तले पानीट्यांकीको टुप्पामा चढेर
उनी ठूलो स्वरमा कराउँदै उफ्रिएका थिए ।
पानीट्यांकीसँगै जोडिएको घरमा आमासँग
बाझेपछि उनी आफूभन्दा अग्लो पर्खाल नाघेर पानी ट्यांकीको टुप्पामा पुगेको
उनकी आमाले बताइन् । आधा जिउमा लुगै नलाई चढेका उनलाई ट्यांकीबाट र्झन
स्थानीयले आग्रह गर्दा हाफपाइन्ट पनि खोलेर फालेपछि उनी नाङ्गै भएपछि
प्रहरीलाई खबर गरिएको थियो ।
रुद्र
ट्यांकीमा चढेको डेढ घण्टापछि आइपुगेका प्रहरीले ट्यांकीमा चढेर झार्न
खोज्दा उनले आक्रमण गर्न खोजेपछि समस्या भएको थियो । डेढ घण्टासम्म
सर्वाङ्ग भएर रमिता देखाएका रुद्रलाई अन्ततः फकाएर भुइँमा झार्न सफल भएको
थियो ।
नाङ्गै भुइँमा झरेका उनलाई इलाका प्रहरी
कार्यालय पथरीका सई लोकबहादुर दियालीको टोलीले झुण्डाउँदै कार्यालयमा
पुर्यायो । इप्रकामा पुर्याएपछि हिरासतमा आउने थुनुवालाई कुट्न बनाइएको
टायरको पञ्जाले यातना दिएर रुद्रलार्इ थप पीडा दिइएको थियो । उनको सोमबार
बेलुका रिहा गरिएको छ
![]() |
0 comments
Write Down Your Responses