समाज
»
रक्तदाता नै एचआइभी संक्रमित
रक्तदाता नै एचआइभी संक्रमित
काठमाडौं । २६ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरेपछि भिमसेनगोलाका राजु (नाम परिवर्तन) निकै खुसी थिए । जीवनदानका रुपमा लिइने भएकाले अब हरेक तीन-तीन महिनामा रक्तदान गर्ने उनको योजना थियो । तर, रक्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनाचुर भयो । केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लडबैंक) भृकुटीमण्डपमा कर्मचारीले ‘हिजो दान गर्नुभएको तपाईको रगतमा एचआईभी पोजेटिभ देखिएको छ, त्यसैले फेरि एकपटक आउनुपर्यो,’ भन्दै फोन गरेपछि उनी बेहोसजस्तै भएको नयाँ पत्रिकामा खबर छ । भारी मन बनाउँदै अर्को दिन आएर फेरि रगत जाँच गरे । फेरि एचआइभी पोजेटिभ देखियो । ‘हिजो रक्तदान गरेको राजु तपाई होइन ? म ब्लडबैंकबाट ! भन्दै फोन आएको थियो । मैले सुरुमै ब्लडग्रुप के रहेछ भनेर सोधिहालेँ । तर, उनीहरुले त घुमाएर एचआइभी पोजेटिभ देखिएको पो कुरा गरे । म त ढलुँलाजस्तो पो भएँ,’ केही महिनाअघिको अनुभव सुनाउँदै राजुले भने । अर्को दिन ब्लडबैंकमै रहेको ‘भिसिटी काउन्सिलर’ बाट आवश्यक परामर्श पाएपछि आफू सामान्यउन्मुख भएको उनले बताए । ब्लडबैंकले गत वर्ष देशभर गरिएको रक्तसंकलनका क्रममा हेपाटाइटिस बी र सी क्रमशः पाँच सय ९० र चारसय ६६ जनामा तथा सिफलिस सात सय ३६ जनामा देखा परेको जनाएको छ ।
|
|
0 comments
Write Down Your Responses