कुशवाहाको पक्राउप्रति एमाओवादीको आपत्ति


४ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीले भोजपुरा समिति सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार सियारामप्रसाद कुशवाहा (फिरोज) लाई प्रहरीले गिरफ्तार गरेकामा आपत्ति जनाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ-’काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भएपनि कुशवाहाको न त उक्त घटनामा कुनै संलग्नता छ, न कुसवाहाविरुद्ध कुनै उजुरी नै परेको छ ।’ एमाओवादीले कुशवाहालाई तुरुन्त रिहा गर्न पनि माग गरेको छ । विश्व हिन्दू युवा सङ्घका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको तीन वर्षअघि वीरगन्जमा भएको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कुशवाहालाई सोमबार चितवनबाट पक्राउ गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.