नायिका पाएपछि फ्रान्सका राष्ट्रपतिले छोडे श्रीमती

फ्रान्सका राष्ट्रपति फ्रांसवा ओलांदले आफ्नो श्रीमतीसँगको सम्बन्ध तोडेका छन् । उनकी पत्नी वलेरी ट्रीअलरवेलर यतिबेला भारत भ्रमणमा छिन् । वेलरीको भारत भ्रमणको मौका छोपेर राष्ट्रपतिले यस्तो बताएका हुन् ।
ओलांद नायिका जूलीको साथमा नयाँ जीवन सुरु गर्ने तयारीमा छन् । तर यस बिषयमा सोधिएको प्रश्नलाई उनले आफ्नो व्यक्तिगत भनेर छोप्ने कोशिश गरेका छन् ।
७ बर्षदेखि वेलरीसँग रहेका राष्ट्रपतिले सम्बन्ध टुटेको घोषणा शनिबार गरेका हुन् । ४१ बर्षकी जूली फ्रान्सकै चर्चित नायिका तथा टेलिभिजन कलाकार हुन् । उनले ५० भन्दा धेरै सिनेमामा काम गरेको बताइन्छ । ओलांद ४ छोराछोरीका पिता हुन् । वेलरी भन्दा अघि पनि उनको एक महिलासँग सम्बन्ध रहेको बताइन्छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.