सन्की केटाले प्रेमिकालाई छानामा लगेर नाङ्गै बनाए

प्रेम कतिसम्म अन्धो हुन्छ, प्रेम जोडीहरु कतिसम्म पागल बन्छन भन्ने थाहा पाउन धेरै टाढा जानु पर्दैन् ।
हालै चीनमा एक प्रेममा पागल युवकले आफ्नो प्रेमलाई सफल बनाउन अनौठो हर्कत गरेर संसारकै ध्यान खिचेका छन् । घटना सोमबारको हो । चीनको सान्या सहरको एउटा भवन बनाउन मजदूरहरु खटिरहेका थिए । यही बेला लिन नामक ३२ वर्षीय युवालाई अनौठो जङ्ग चल्यो ।
मजदूरीको क्रममा एउटी कन्यासित उनको प्रेम बसेको थियो । तर परिवारले उनीहरुको प्रेम सम्बन्ध अस्वीकार गरिदिए । अनि सोचे अनौठो हर्कत ।
उनले प्रेमिकालाई अपहरण गरि पुरानो घरको छानामा लगे र घोषणा गरे– अब म यो केटीलाई मारिदिन्छु । उनको हातमा चक्कु थियो ।

त्यतिमात्र हैन, उनले फटाफट आफ्ना कपडा फुकाले र सँगै रहेकी प्रेमिकालाई पनि त्यसै गर्न अह्राए । प्रेमी पुरै नाङ्गै हुँदा प्रेमीको शरिरको तल्लो भागमा मात्र एकसरो बस्त्र बाँकी थियो ।
उनीहरुको उद्धार गर्न सयौं प्रहरी र सेनाले भवन घेरा हाले । उनीहरुलाई मनाउन आफन्तलाई बोलाइयो, तर उनीहरु पनि नग्न केटाकेटीको अघि पर्न सकेनन् । केटाले धम्काइरहे–‘म यो केटीलाई मारिदिन्छु ।’
करिब पाँच घन्टासम्म छक्याउँदै जोडीले प्रहरीलाई हैरान खेलाए । अन्तिममा केटाले प्रहरीसँग कुरा गर्दै आफुहरुलाई भाग्न कार उपलब्ध गराउन माग गरे ।
प्रहरीले पनि उसको प्रस्ताव मान्दै कार व्यवस्था गरिदियो । केटोले पाइन्ट लगाए अनि प्रेमिका लिएर कारतिर कुलेलाम ठोके । तर, कार नजिकै पुग्दा प्रहरी केटोलाई नियन्त्रणमा लिन सफल भयो ।
सार्वजनिक ठाउँमा हत्याको धम्की दिएको अभियोगमा अब उनलाई बर्षौं कैद हुनसक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । अझै पनि यो जोडीलाई परिवारले साथ दिएको छैन ।
 (एजेन्सीको सहयोगमा)
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.