एक अर्काको तारिफ गर्दै सलमान र साहरुखले अंगालो मारे

कुनै बेलामा ज्यानी दुस्मनझैं ब्यबहार गर्ने बलिउडका दुई बिग स्टार सलमान खान र शाहरुख खानले आफ्नो इगोलाई किनारा लगाउँदै एउटै मञ्चमा अंकमाल गरेका छन् ।
बिहीवार साँझ मुम्बईमा आयोजित स्टार गिल्ड अवार्डका दौरान उनीहरुले अंकमाल मात्र गरेनन्, एकअर्काको तारिखमा निकै शब्द खर्च पनि गरे ।
एवार्ड कार्यक्रमको संचालन गरिरहेका थिए सलमान खानले । दर्शकदीर्घामा बसिरहेका शाहरुखनेर पुगेर उनले सोधे–‘शाहरुख के भइरहेछ ?’
त्यसपछि सलमानले शाहरुखलाई ‘चेन्नई एक्सप्रेस’को सफलताका लागि बधाई दिए । सलमान यतिमै रोकिएनन् । उनले सलमानका अघि हात हल्लाउँदै ‘जय हो’ भन्न लगाए । सलमान अभिनित जय हो केही दिनमै रिलिज हुँदै छ ।
कार्यक्रम अगाडी बढ्दै गर्दा सलमानले यो पनि भने कि– मलाई कार्यक्रम चलाउन भन्दा पर्फमेन्स दिनमै आनन्द आउँछ, मलाई थाहा थिएन कि मैले यति लामो सो चलाउन सक्छु भन्ने । यो सव शाहरुख साबले सुरु गर्नुभएको हो ।’
कार्यक्रममा इन्टरटेनर अफ दि इयरको एवार्ड लिन शाहरुख र दीपिका पादुकोण स्टेजमा पुगे जतिबेला सलमान संचालकका रुपमा स्टेजमै थिए ।
त्यसबेला यी दुई खानले आफ्ना सवै बिगतका तिक्तता बिर्सेर अंकमाल गरे । यो सब देखेर फिल्म स्टार र दर्शक दंग परे ।
एवार्ड ग्रहण गर्दै शाहरुखले भने–‘सलमानका साथ यो एवार्ड लिदा निकै खुसी लागेको छ । सलमान यो देशका ठूला मनोरञ्जकमध्ये एक हुन, यो सवैले देखेकै छौं ।’
सन् २००८ मा नायिका कट्रीना कैफको बर्थ डे पार्टीमा झगडा भएयता यी दुई यो दोस्रो सार्वजनिक अंकमाल हो । झण्डै ५ बर्ष लामो शत्रुता तोड्दै अघिल्लो बर्ष एक नेताले आयोजना गरेको पार्टीमा यी दुईले पहिलोपटक अंकमाल गरेका थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.