व्यवस्थापिका संसदको पहिलो बैठक आज

काठमाण्डौ । व्यवस्थापिका संसदको पहिलो बैठक बस्दैछ । मन्त्रिपरिषद्का अध्यक्षको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका-संसद्को बैठक आहृवान गरेपछि आइतवार नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा अपराहृन ३ बजे बस्ने लागेको हो । संविधानसभाको निर्वाचन भएको ६८ दिनपछि व्यवस्थापिका-संसद्को बैठक बस्न लागेको हो । पहिलो दिनको बैठकमा राष्ट्रपतिले व्यवस्थापिका-संसद्को बैठक आहृवानका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
व्यवस्थापिका-संसद् सञ्चालनका लागि नयाँ कार्यविधि नबनेकाले व्यवस्थापिका-संसद् सचिवालयको कार्यविधि २०६४ अनुसार नै बैठक सञ्चालन गर्ने तथा सरकारले प्रस्तुत गर्ने बाधा अड्काउ फुकाउसम्बन्धी अध्यादेश विधेयकका रूपमा प्रस्तुत गरिने बैठकको कार्यसूची छ । व्यवस्थापिका-संसद्को बैठक समेत ज्येष्ठ सदस्यका हैसियतले सूर्यबहादुर थापाले नै सञ्चालन गर्ने छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.