फेसबुकले बढायो अपराध, प्रत्येक महिना पर्छन् डेढ सय उजुरी

काठमाण्डौ । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालका प्रयोकर्ता बढेसँगै साइबर अपराधका घटना पनि बृद्धि भएका छन् । तीन बर्षयता भएका साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुक सम्बन्धी छन् ।
पछिल्लो ६ महिनामा उपत्यका प्रहरीमा दर्ता भएका सबै फेसबुकसंग सम्बन्धित छन् । फेसबुकमार्फत धम्क्याउने, अश्लील तस्वीर राख्ने लगायत अपराध बढेको प्रहरीले जनाएको छ ।
‘फेसबुकबाट गरिने अपराधका घटना बढिरहेका छन्, नेपाल प्रहरी आइटी सेलका निरीक्षक पशुपति रोयले भने ।’ त्यस्ता अपराध गर्ने व्यक्तिका फेसबुक अकाउन्ट बन्द गरिदिन आग्रह गर्दै प्रहरीमा प्रत्येक महिना एक सय ५० बटासम्म उजुरी पर्ने गरेका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा फेसबुकसँग सम्बन्धित ३२ वटा, इमेलवाट धम्कीका पाँच, तथ्यांक चोरीको एक, एटीएमको एक, इमेल हृयाकका दुई, वेब एसएमएस धम्कीका दुई र फिसिङका दुई गरी ४५ बटा अपराधका घटना दर्ता भएका थिए ।
आर्थिक वर्ष २०६९/७० मा फेसबुकसँग सम्बन्धित ५८, इमेल धम्कीका आठ, गैरकानुनी डाडा एक्सेसको एक, इमेल हृयाकका तीन, वेब एसएमएस धम्कीका ६ र फिसिङको एकउटा उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको थियो । प्रहरीले अनुसन्धानका क्रममा फेसबुकमार्फत भएका विभिन्न घटना पनि पत्ता लगाएको छ । गत पुसमा झापाका रवि शर्मा पूर्वपत्नीको फेसबुक बालमा अश्लील तस्विर पोष्ट गरेपछि पक्राउ परेका थिए ।
अर्कै केटासंग बिहे गर्ने तयारीमा रहेकी उनकी पूर्वपत्नीलाई नक्कली फेसवुक अकाउन्टमार्फत बेइज्जती गरेको उजुरीका आधारमा रवि पक्राउ परेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.