खिच्न जाने न्यूड दृश्य दिन सक्छु : शिल्पा पोख्रेल

मलाईर् ‘टाइटानिक’मा नायिकाले दिएको न्यूड दृश्य पर्दामा दिन सक्छु जस्तो लाग्दैन । कारण, नेपाली समाजले अहिले पर्दामा नायिकाले सर्वाङ्ग देखाएको पचाउँन सक्दैन । तर, निर्देशकले खिच्न जान्ने हो भने चलचित्रको पर्दामा न्यूड सिन दिन म तयार छु । छविराज प्रोडक्शनको ब्यानरबाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका शिल्पा पोख्रेलले अनलाइनखबरसँग कुरा गर्दै भनिन् । उनको तर्क, न्यूड दृश्य खिच्ने तरिकामा थियो । ‘लज्जा’ डेब्यू नायिकाले भनिन्-‘सिनेमा खिच्न जान्ने निर्देशकले पहिले नै केही चलचित्रमा काम गरिसकेको हुनुपर्नेछ । मलाई क्यामेराले पछाडिको भागबाट
खिच्छ र त्यो कलात्मक छ भने म न्यूड दृश्य दिन सक्छु’, शिल्पाले अर्थ खुलाउँदै भनिन् । ृउनले नेपालमा नग्नतालाई प्रस्तुत गर्ने खालका निर्देशकको अभाव भएको बताइन् । शिल्पाका अनुसार यहाँ ग्ल्यामरलाई भल्गरको रुपमा प्रंस्तुत र प्रचार गरिन्छ, जुन गलत हो । तर, पर्दामा कलात्मक रुपमा खिच्न सक्ने हो र ग्ल्यामर देखाउँने हो भने न्यूड दृश्यमा आपत्ती नहुने उनको भनाई छ । तर, शिल्पाले आफूले विकिनी लगाउन भने नसक्ने बताइन् । चलचित्र ‘लज्जा’बाट आफूले अत्यन्तै आशा गरेको उनको भनाई छ । नायिका शिल्पा पोख्रेलसँग गरिएको विशेष कुराकानी केही दिनमै प्रकाशन गरिनेछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.