सावधान ! एकपटक चुम्बन गर्दा सर्छन् ८ करोड जिवाणु

सेकेण्डको एक चुम्बनका बेला चुम्बन गर्ने एक मानिसको मुखबाट अर्को मानिसको मुखमा ८ करोड वटा जिवाणु सर्छन् ।
आङै जिरिंग हुने यो तथ्य नेदरल्याण्डका वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट पुष्टि भएको छ ।
अनुसन्धानकर्ताहरुले २१ जोडीको चुम्बन क्रियामा गरेको अध्ययनबाट दिनमा नौ पटक एक दोश्रोसँग चुम्बन गर्ने मानिसमा र्याल वा थुकका माध्यमबाट जिवाणु सर्ने सम्भावना निकै बढि हुने देखिएको छ ।अध्ययन अनुसार मानिसको मुखमा झण्डै ७ सय प्रकारका जिवाणु करोडौँको संख्यामा हुन्छन् । यी मध्ये केही जिवाणु निकै तिब्र गतिमा एकबाट अर्कोमा सर्छन् ।
माइक्रोबियम जर्नलमा प्रकाशित अध्ययनका क्रममा चुम्बन गर्ने जोडीहरुलाई वर्षमा कतिपटक मुख जोडेर चुम्बन गरियो ? तथा अन्तिमपटक कहिले चुम्बन गरियो ? भन्ने लगायतका प्रश्न सोधेका थिए ।
वैज्ञानिकहरुले अध्ययनमा संलग्न गराइएका जोडीको जिब्रो तथा र्यालको नमूना सुरुमा लिए । त्यसपछि उनीहरुलाई १० सेकेण्ड चुम्बन गर्न लगाइयो र त्यसपछि पुनः नमूना लिइयो ।
त्यसक्रममा पार्टनरलाई प्रोबायोटिक डि्रंक पिउन दिइयो, जसको माध्यमबाट जिवाणुहरुको सहजै पहिचान गर्न सकिन्थ्यो ।
यसरी चुम्बन अगाडि र चुम्बन पछाडिको नमूनाको परीक्षणबाट १० सेकेण्डको एक चुम्बनका क्रममा झण्डै ८ करोड जिवाणुहरु एकबाट अर्को पार्टनरको मुखमा सरेको पाइयो ।
साथै वैज्ञानिकहरुले ‘फ्रेन्च किस’ बाट सबैभन्दा धेरै जिवाणु सर्ने समेत बताएको टाइम अनलाइनले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.