पापीहरु ले गरे ५ वर्षको बालकको हत्या !!


४ फागुन, भैरहवा । रुपन्देहीको बोगडी ४ का पाँच वर्षीय बालक रोहन नाउको अपहरणपछि हत्या भएको छ । विद्यालय जाने क्रममा गत विहीवार विहान उनी अपहरणमा परेका थिए । उनको शव सोमबार दिउँसो साढे २ बजे सिलौटिया गाविस ६ लक्ष्मीपुर गाउँमा फेला परेको छ । अपहरणकारीले रोहनको हत्या गरेर बाँसघारी भित्र लुकाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्चार्ज प्रहरी निरीक्षक भिमलाल भट्राईले जानकारी दिए । ‘अपहरणमा आफन्तको संलग्नता’ बालकलाई उनकै फुपुका छोरा सोही स्थानका २२ वर्षीय प्रदेशी नाउँले अपहरण गरेको पीडित परिवारले दाबी गरेका छन् । बलदेव उपनामले चिनिने प्रदेशीले दुईबर्ष अघि २५ हजार रुपैयाँ मागेको र नदिएपछि छोरो अपहरण गर्ने धम्की दिएकोले यो घटनामा पनि उनैको संलग्नता रहेको रोहनकी आमा शोभा ठाकुराले बताइन् । प्रहरीले घटना अनुसन्धानका लागि प्रदेशी नाउँलाई पक्रेको छ । रोहनका बालकका बाबु रामकिसुन नाउँ बैदेशिक रोजगारीका लागि एक महिना अघिदेखि मलेशियामा छन् । छोराको हत्यापछि शोकमा डुबेकी शाेभालाई सान्तवना दिन यतिबेला उनको श्रीमान् पनि साथमा छैनन् । छोरा बेपत्ता भएदेखि नै विलौनामा रहेकी उनी विरामी परेकी छन् । केही वर्ष अघि पनि सोही क्षेत्रको बालक दिवाकर यादवको पनि रुपन्देहीको भैरहवाबाट अपहरण भएको थियो भने भारतमा कंकाल फेला परेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.