होसियार जिरो ब्यालेन्स कलमा फस्ला ठुलो रकम

नेपाल टेलिकमले बैशाख १२ गते मध्यान्ह गएको भुकम्प पछि उसका आफ्ना ग्राहकलाई शुन्य ब्यालेन्समा कल सुविधा दिएको छ । धेरै सर्वसाधारणले यो कल सेवालाई सित्तैमा दिएको बुझेका छन् । तर, अहिले सित्तैमा गरेको फोनको बिल पछि तिर्नुपर्ने हुन सक्छ ।
टेलिकमले अहिले दिएको सुविधा निःशुल्क रहेको घोषणा गरिसकेको छैन । त्यसैले पछि मोबाइल रिचार्ज गर्दा पैसा काटिने सम्भावना छ । टेलिकमले अहिले सित्तैमा नभई संकटका बेला जिरो ब्यालेन्समा कल सुविधा प्रदान गरेको हो । तर, यो सुविधा निःशुल्क गर्ने नगर्ने विषयमा कुनै निर्णय नभएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताएकी छन् । ‘हामीले सुरुका दुई दिनको एसएमएस निःशुल्क गराएका थियौं’ प्रवक्ता वैद्यले भनिन्न, ‘जिरो ब्यालेन्सको कल सुविधा निःशुल्क गराउने र नगराउने विषयमा कुनै निर्णय भएको छैन ।’ जिरो ब्यालेन्स कल सुविधाको पैसा पछि रिचार्ज  गर्दा काटिन पनि सक्ने प्रवक्ता वैद्यको भनाइ छ । यसबारे टेलिकमको सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नेछ । ‘त्यतिबेला यो सुविधा निःशुल्क गर्न पनि सक्छ, शुल्क लिन पनि सक्छ, अहिले यसै भन्न सकिँदैन’ वैद्यले भनिन् । संकटका बेलामा ब्यालेन्स नभएकै कारण मोबाइलबाट कुरा गर्न उपभोक्ता बञ्चित नहोउन् भनेर टेलिकमले जिरो ब्यालेन्समा कल सुविधा उपलब्ध गराएको हो ।  

0 comments

Write Down Your Responses

Powered by Blogger.