फेरि भूकम्प आउँदैछ भन्दै अफवाह फैलाउने पक्राउ

काठमाडौं । फेरि शक्तिशाली भूकम्प आउँदैछ भनी अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले ८.४ रिक्टर स्केलको भूकम्प फेरि जाँदैछ भनेर हल्ला फैलाएका थिए ।
यस्तै कालिमाटी, कलंकी र बल्खु क्षेत्रमा बढी मूल्यमा खाद्य पदार्थ विक्री गरी कालोबजारी गर्ने ६ जनालाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.