नेपालमा छोराछोरी हराएपछि अमेरिकामा रुवाबासी

नेपालगन्ज :  नेपालमा आएको महाभुकम्पमा परेर छोराछोरी हराएपछि अमेरिकामा रुवाबासी भएको छ ।

रसुवाको लाङटाङमा घुम्न आएका ९ अमेरिकन र ५ क्यानेडियनसहित १६ जना सम्पर्कविहीन भएपछि उनीहरुको परिवार चिन्तामा डुबेको हो । अमेरिकाको टेक्सस राज्यका जोन लङ र बभर्ली ब्राउनसहित १६ जना वेपत्ता भएका हुन् ।

अमेरिकाबाट फोन गरेर उनीहरुका परिवारले आफ्ना सन्तान खोजिदिन आग्रह गरेका छन । हराइरहेका आफन्तको अवस्था सार्वजनिक गर्न परिवारले आग्रह गरेको अमेरिकामा रहेका तुलसीप्रसाद दाहालले फोनमार्फत बताए ।  

दाहालका अनुसार लङ र ब्राउन अमेरिकाबाट हेलिकोप्टर चार्टरगर्न समेत तयार रहेका छन । सो टोलीमा तीनजना नेपालीसमेत थिए । उनीहरु शनिबार भुकम्प गएको दिन लाङटाङको कोदारी लिपिङक्षेत्रसम्म सम्पर्कमा थिए ।

नेस ट्राभलस एण्ड टूर्समार्फत उनीहरु पदयात्रामा गएका थिए । सो टोलीकी गाइड जानकी पराजुली थिइन् । 

0 comments

Write Down Your Responses

Powered by Blogger.