विनाशकारी भूकम्पबाट ६६ लाख प्रभावित, मृतक ३ हजार नाघे

१४ वैशाख, काठमाडौं । शनिबार गएको विनाशकारी भूकम्पका कारण ६६ लाख मानिस प्रभावित भएका छन् । मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ ।
सरकारको पछिल्लो तथ्यांक अनुसार ३ हजार २ सय १८ जनाको मृत्यु भएको छ । सरकारले उपलब्ध गराएको तथ्यांक छिटो छिटो पुराना भएका छन् । किनकी मृतकको संख्या थपिने क्रम जारी छ ।
भुकम्पबाट ६२ हजार भन्दा धेरै मानिस घाइते छन् । घाइतेहरुको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पतालहरु पनि घाइतेहरुले भरिएका छन् ।
अहिलेसम्म ७ हजार ६८५ जना घाइते भएका छन् । भूकम्पका कारण ३९०६ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ६८४६ घरमा आशिक क्षति पुगेको छ ।
भूकम्पबाट प्रभावित भएकाहरुको सोमबार विहानैदेखि उद्धार कार्य जारी छ । भग्नावशेषमा पुरिएकाहरुको खोजी कार्य जारी छ । राति पानी परेकाले उद्धारमा केही कठिनाइ भएको थियो । सोमबार विहानैदेखि काठमाडौं उपत्यकामा घाम लागिरहेको छ । मौसम अनुकूल भएकाले उद्धारमा केही सहज भएको छ ।
सेना, सशस्त्र र जनपद प्रहरी तथा सामाजिक संघसंस्था उद्धारमा परिचालित छन् । नेपाली सेनाले ८० प्रतिशत शक्ति परिचालन गरेको जनाएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.