भूकम्पपछि ट्याक्सीमा ढुंगा खस्दा दुई घाइते

 स्याङ्जा । मंगलबार गएको भूकम्पले स्याङ्जामा दुईजना गम्भीर घाइते भएका छन् ।
स्याङ्जाको वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेहरुमा वालिङ नगरपालिका-८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भालुपहाडको भीरबाट ढुंगा खसेपछि अर्का एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ । तर, ट्याक्सी नम्बर भने खुल्न सकेको छैन ।
ट्याक्सीमा ढुंगा खसिसकेपछि आगो निस्किएर ट्याक्सीसमेत जलेर एकै डल्लो भएको छ । घाइते भएकाहरुलाई पाल्पा अस्पतालमा लगिएको छ ।
भूकम्पका कारण स्याङ्जाको जनजीवन प्रभावित बनेको छ । भालुपहाडमा बाटो रोकिएपछि यातायात सेवा ठप्प छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.