सुरुङमा थुनिएका चार जनाको दश दिनपछि उद्धार

निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् परियोजनाको सुरुङमा थुनिएका चार जनाको सोमबार सकुशल उद्धार गरिएको छ ।
चारै जना दश दिनदेखि सुरुङमा थुनिएका थिए । उनीहरुलाई उद्धार गरी नुवाकोटको मनकामना गाविसको शान्तिबजार पुर्याइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिए । सुरुङमा दुई शव ढुङ्गाले थिच्चिएको अवस्थामा छन् । “शव निकाल्ने काम आज सकिएन” उनले भने ।
यसैगरी रसुवागढीमा पहरामा परी बेपत्ता भएका मानिसको उद्धार सोमबार पनि हुन सकेन । भिरबाट ढुङ्गा खस्ने क्रम नरोकिँदा उनीहरुको उद्धार हुन नसकेको हो ।
चीनको केरुङबाट सामान ल्याएर आएका ११  कन्टेनर पुरिएका छन् । कन्टेरनर पुरिँदा त्यसमा सवार चालक र तिनका सहयोगीसमेत रहेको आशङ्का गरिएको छ । रसुवामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४३६ पुगेको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.