दोलखातर्फ उडेको अमेरिकी सेनाको हेलिकोप्टर अझै बेपत्ता !

काठमाडौं ।  भूकम्पमा परेका मानिसहरुको खोज तथा उद्धारका लागि काठमाडौंबाट दोलखातर्फ गएको अमेरिकी सेनाको हेलिकप्टर बेपत्ता भएको छ ।
चालक दलका सदस्य सहित आठ जना बोकेर मंगलबार दोलखातर्फ उडेको मेराइन हेलिकप्टर बेलुकीदेखि चरिकोट नजिकैबाट हराइरहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उधृत गर्दै सीएनएनले जनाएको छ ।
हराइरहेको हेलिकोप्टर नेपालीका सेनाले खोजी गरिरहेका छन् । मंगलबार दिउँसो २ः३० बजे उढेको हेलिकोप्टर रातभरि खोजी हुँदा पनि फेला पर्न नसकेको गृहमन्त्रालयस्रोतले बतायो ।
‘अपरेसन सहयोगी हात’ नामक मिसनलाई सहयोग गर्न गइरहेको सो A UH-1Y Huey, Marine Light Attack Helicopter Squadron 469  हेलिकप्टरलाई बेपत्ता घोषित गरिएको अमेरिकी सेनाका क्याप्टेन क्रिस सिम्सले एक विज्ञप्तिमार्फत बताएका छन् ।
हेलिकोप्टर हराउनुको कारण तत्काल प्रष्ट नभएको र घटनाको अनुसन्धान भैरहेको बताइएको छ ।
नेपालको भुकम्पीय उद्धार तथा राहतका लागि सघाउन झण्डै ३ सय अमेरिकी सेना नेपालमा रहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.