गलत एसएमएस सूचनाको नेपाल टेलिकमद्वारा खण्डन

काठमाडौं : नेपाल टेलिकमले गलत एसएमएस सूचनाको खण्डन गरेको छ। वैशाख १२ गते मुलुकमा आएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षति भई मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको वर्तमान घडीमा ‘केही व्यक्तिहरूले अर्थक्वेक हेल्पलाइन नम्बरको बारेमा एसएमएस पठाउँदा निश्चित रकम बोनस प्राप्त हुने भन्ने गलत तथा भ्रम फैलाएको पाइएको’ भन्दै त्यसको खण्डन गरेको हो। 
 
नेपाल टेलिकमले हाल कुनै पनि किसिमको सन्देश प्रवाह गरेबापत बोनस दिने व्यवस्था नगरेको पनि कम्पनीले जानकारी गराएको छ । 

0 comments

Write Down Your Responses

Powered by Blogger.