सरकारले हस्तक्षेप गरेको भन्दै ला लिगा रोक्ने स्पेनिस फुटबल फडेरेसनको निर्णय

स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ)ले मे १६ का लागि तय भएका स्पेनिस ला लिगा लगायतका सम्पूर्ण घरेलु फुटबल खेल रोक्ने निर्णय गरेको छ । लिगको टेलिभिजन वितरण अधिकारमा सरकारले हस्तक्षेप गरेको विरोधमा आरएफइएफले जनाएको छ ।
सरकारले गएको हप्ता मात्रै एउटा नियम पास गरेको थियो जुन कानुन अनुसार आरएफइएफले ला लिगाको टेलिभिन वितरण अधिकार समग्रमा बिक्रि गर्नु पर्ने छ । अहिले भने सबै क्लबले आफ्नो टेलिभिज वितरण अधिकार  छुट्टा छुट्टै  गर्नु पाउँछन् । यो नियमले बार्सिलोना र रियल मड्रिडलाई आर्थिक रुपमा धेरै फाइदा हुने गरेको छ ।
तर नयाँ नियमले उनीहरुको अधिकार खोस्ने छ । सरकाले नयाँ नियम गएको अप्रिल ३० मा पास गरेको हो, यसले कानुनको रुप पाउन संसदबाट पास हुनु पर्छ जुन अहिलेसम्म भएको छैन । प्रस्तावित कानुन अनुसार आरएफइएफले ला लिगाको टेलिभिज वितरण अधिकार बिक्रीबाट आएको आयको ४ दशमलव ५५ प्रतिशत प्राप्त गर्ने छ ।
सरकारले नयाँ नियम फिर्ता नलिए मे १६ त्यस पछिका सबै खेल रोक्ने आरएफइएफले चेतावनी दिएको छ । ला लिगाका खेलाडीहरुले पनि यो नियम फिर्ता नलिए कुनै पनि खेल नखेल्ने चेतावनी दिएका छन् । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.