अक्षय र सलमानलाई नेपालमा प्रतिबन्ध

नेपालको भूकम्पबारे गलत रिपोर्टिङ गरेर भारतीय मिडिया मात्र आलोचित बनेका छैनन्, भारतीय कलाकारहरुसमेत विवादमा तानिएका छन् । बलिउड अभिनेताद्वय सलमान खान र अक्षय कुमार नेपालमा बहिस्कार गर्ने अभियान नेपालमा सुरु भएको छ । भूकम्पपीडित नेपालीहरुको मनमा चोट पुर्याएको भन्दै उनीहरुको फिल्मसमेत चल्न नदिने अभियान सुरु भएको छ ।
सलमान खानले नेपालमा भूकम्पपीडितलाई आफूले सहयोग गर्न नचाहेको बताएपछि उनको आलोचना सुरु भएको छ । अभिनेता खानले १० करोड रुपैयाँ र दुईवटा हेलिकप्टर सहयोग गरेको भन्दै पत्राचार गरिएको थियो ।
त्यस्तै अक्षय कुमारले पनि आफ्नो फिल्म गब्बरको पहिलो दिनको कमाई भूकम्पपीडितलाई दिने भनेर प्रचार गरेका थिए । तर, पछि उक्त कुरा सत्य नभएको बताएपछि उनको पनि व्यापक आलोचना भएको खबर आजको दृष्टि साप्ताहिकले लेखेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.