तपाइको आजको राशिफल

वि.सं.२०७२ साल जेठ ३२ गते। सोमबार। इश्वी सन् २०१५ जुन १५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ तछलागा। आषाढ शुद्ध–कृष्णपक्ष। तिथि– चतुर्दशी, साँझ ८:१८ बजेउप्रान्त अमावश्या। नक्षत्र– कृत्तिका, बिहान ६:२९ बजेउप्रान्त रोहिणी। योग– धृति, साँझ ६:३७ बजेउप्रान्त शूल। करण– भद्रा, बिहान ८:५५ बजेपछि शकुनि, साँझ ८:१८ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– ६:५९ बजे र दिनमान ३४ घडी ३४ पला। दिलाचह्रे पूजा, बिहान ८:५५ बजेदेखि सर्वार्थसिद्धि योग, जेठ मसान्त।

वि.सं.२०७२ साल जेठ ३२ गते। सोमबार। इश्वी सन् २०१५ जुन १५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ तछलागा।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। द्विविधा बढ्नाले तत्काल निर्णय लिन नसकिएला। लगनशील भएर काममा जुट्ता फाइदा हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविशिष्ट व्यक्तित्वसँगको भेटघाटले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ। आत्म–विश्वास बढ्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द समेत मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। पढाइमा ध्यान दिन नसकिएला। कार्यसम्पादनमा पनि विलम्ब हुनेछ। ठगीमा परिने सम्भावना छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकार्य सम्पादनमा विलम्ब भए पनि विगतका त्रुटि सच्याउने मौका छ। केही मात्रामा खर्च बढ्नेछ। काममा लगानी बढाउनुपर्ला। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। टाढाको यात्रा वा स्थान परिवर्तन हुने सम्भावना छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। प्रशासकहरुले पनि झुक्याउन सक्छन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा भने फाइदै हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, धेरै प्रयत्नपछि केही काम बन्न सक्छन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। र, सम्पादित कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआजको प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। थोरै उपलब्धिमा चित्त बुझाउनुपर्ला। केही समय पर्खेर गरी आएको कामलाई निरन्तरता दिँदा फाइदा उठाउन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइएला। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्रा हुन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायमा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न अवसर आउनेछन्। तापनि, सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारो भने आइलाग्ला। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्न सक्छ। आफैं प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्ने योग छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.