प्रहरीको पोसाक लगाएर लुटपाट गर्ने समूह पक्राउ

Thip-Gang
६ असार, काठमाडौं । उपत्यकामा लुटपाटमा संलग्न ६ जनाको समूहलाई हतियारसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई थान पेप्तोल बरामद भएको छ भने कोठामा प्रहरीको ज्याकेज भेटिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले धादिङका बेगबहादुर तामाङ, झोरका सुनिल तामाङ र सुनसरीका सम्राट राईलाई कलंकीबाट पक्राउ गरेको हो । यस्तै काठमाडौं र धादिङको सीमानामा पर्ने चन्द्रागिरी ५ झ्याप्ले खोलाबाट धादिङका सन्देश तामाङ, काजी श्रेष्ठ र प्रेम गुरुङ पक्राउ परेका छन् ।
महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार उनीहरुको साथबाट आर्मी सप्लाइका लागि मात्र लेखिएको ९ एमएम पेल्तोल, नं १ अटो यूएसए लेखिएको पेस्तोल र तीन राउण्ड गोली बरामद भएको छ ।
Gun with Police dress
सम्राट राईको ज्याठास्थित कोठाबाट प्रहरीको चुस्ता र ज्याकेट लुकाइ राखेको अवस्थामा भेटिएको छ । लुटपाटमा प्रयोग गर्नका लागि प्रहरीको ज्याकेट लुकाएर राखिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
अनुसन्धानका क्रममा बेगबहादुर यसअघि पनि चोरीको आरोपमा पक्राउ परेका थिए । सुनिल तामाङ भने मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.