अपहरणमा परेको नाटक गर्ने पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आज अपहरणमा परेको नाटक गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । स्थानीय सखुअवा धमौरा  गाविस–७ हर्षाहा टोल बस्ने ४४ वर्षीय  छविलाल राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत असार १५ गते बिहानदेखि आफू अपहरणमा परेको नाटक गरी घरपरिवारका सदस्यहरुसँग समेत सम्पर्कविहीन भई बेपता रहेको अवस्थामा प्रहरीले कुर्मीलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई चन्द्रपुर नगरपालिकाको सुकुम्बासी बस्तीबाट नियन्त्रणमा लिएको हो ।
स्थानीय जेठरहिया गाविस घर भई शुकदेव चोकमा पटेल हार्डवेयर पसल सञ्चालन गरी बसेका वीरेन्द्र राउत पटेलको पसलबाट लगेको सिमेन्ट र छडसमेतको बाँकी रकम तिर्नुपर्नेमा रकम नदिने नियत राखी आफू अपहरणमा परेको नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताए ।
पक्राउ परेका कुर्मीलाई प्रहरी हिरासतमा राखी केही सार्वजनिक अपराध र सजाय ऐन,२०२७ अन्तर्गत कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.