कृषि मन्त्रीको अंगालोमा परेकी सानुको यस्तो बिलौना

cring (3) 1 असार– कृषिमन्त्री हरि पराजुलीले अश्लिल हर्कत गरेको तश्बिरहरु एकाएक भाइरल भएपछि ती तस्बिरमा देखिएका महिलाहरुलाई ठूलो आघात परेको छ । मूलपानीमा रहेको महांकाल सफल कृषक समूह र मनोहरा मिश्रित कृषक समूहले बिहिबार ललितपुरस्थित कृषि विभागको हलमा पत्रकार सम्मेलन गरेर बिलौना गरेका छन् ।
तस्बिरमा कृषि मन्त्री पराजुलीको अंगालोबाट उम्किएको देखिने महिला हुन् मूलपानीकी ७० वर्षीया सानु केसी । केसीले बिहिबारको पत्रकारसम्मेलनमा आफ्नो बिलौना यसरी पोखिन्ः
‘सधैको वर्ष झै यसपटक पनि असार १५ मा बाह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम  आयोजना भएको थियो । त्यो कार्यक्रम दुईवटा कृषक समूह मिलेर गरेको हो । धान रोपाईमा कृषिका सरकारी कर्मचारीहरु पनि आउने भनियो । पछि कृषि मन्त्री पनि आउने थाह भयो । त्यो कार्यक्रममा आधुनिक कृषि प्रविधिबारे जानकारी दिने र असार १५ मनाउने भनिएको थियो ।
कार्यक्रम राम्रोसँग अघिबढी रहेको थियो । सुरुको कार्यक्रम सकिएपछि कृषकहरु सबैले हिलो छ्यापाछ्याप गर्न थाले । त्यो स्वतस्फूर्त थियो । कृषि मन्त्री हरि पराजुली प्रमुख अतिथिका रुपमा आउनु भएको थियो । उहाँले मसँग आशिर्वाद लिनुभएको हो । मलाई नराम्रो व्यवहार केही पनि गर्नु भएको थिएन ।
तर मिडियाका मान्छेले फोटो खिच्दा अतिरञ्जित हुने किशिमले बाहिर पुर्याएछन् । यसले मलाई ठूला आघात परेको छ । म ७० वर्षकी वृद्धा हुँ । मसँग मन्त्री पराजुलीले यसो गर्यो उसो गर्यो भन्दै अर्थको अनर्थ लगाएर प्रचार गरियो । महिला अधिकारकर्मी भनाउँदाहरुले पनि डलर पचाउँन कोकोहोला मच्चाए । विदेशमा बस्ने आफन्तहरुले पनि फोन गरेर के भएको हो भनेर सोधे । मलाई लाज मर्नु भयो । मेरो इज्जत प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पुर्याए । ’

0 comments

Write Down Your Responses

Powered by Blogger.