रातको दुई बजे के गर्दै थिए रणबीर र दीपिका ?

Ranveer-Singh-Deepika-Padukone1
मुम्बई । बलिउडका ‘क्युट जोडी’ भनेर चिनिन्छन् दीपिका पादुकोण र रणबीर सिंह । उनिहरुलाई मिडियाले प्रेमी-प्रेमिकाको रुपमा चर्चा गरेपनि उनीहरुले आफुहरुविच सम्बन्ध रहेको स्वीकारेका छैनन् ।
दुई दिनअघि रातको दुई बजे दीपिका र रणबीर एउटै होटलमा भेटिएपछि उनीहरुको कुरा काट्नेहरुलाई मसला पुगेको छ । गोरेगाउँ स्थित एक होटलमा रातको दुई बजे दीपिका र रणबीरले भेटघाट गरेका हुन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सेतो रंगको लङ डे्रसमा दीपिका रातको दुई बजे होटल पुगेकी थिईन् भने दीपिका पुगेको ५ मिनेटमा रणबीर पुगेका थिए । उनीहरु खासै धेरै बेर भने बसेनन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘बाजीराव मस्तानी’ को सुटिङमा दीपिका र रणबीर अहिले प्रायः संगै हुने गर्छन् । फिल्मको सुटिङ गोरेगाउँमै भईरहेको छ । भन्सालीकै अघिल्लो फिल्म ‘रामलीला’ मा काम गर्दा उनीहरुको प्रेमलीला सुरु भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.