भित्री बस्त्र नलगाई आउन पादरीको आदेश !

पछिल्ला दिनमा अफि्रकी मुलुकका क्रिस्चियन पादरीहरु अनेक-अनेक उटपट्याङ आदेशहरु दिएर चर्चामा आइरहेका छन् । कोही पादरीले भगवानको आदेश भन्दै घाँस खान अनुयायीहरुलाई आदेश दिएका छन भने कसैले नाङगै आउन आदेश दिएका छन् । केन्यामा एक पादरीले चर्चमा आउने महिलाहरुलाई भित्री बस्त्र नलगाइ प्रार्थनामा आउन आदेश दिएकी छिन् । नैरोबीका रेवरेन्ड एनजोहीले चर्चमा आउने महिलाहरुले भित्री बस्त्र नलगाइ आउन आदेश दिएकी छिन् । यद्यपि यो आदेश पुरुषहरुलाई भने लागू हुँदैन । भित्री बस्त्र नलगाइ प्रार्थना गर्दा इश्वरलाई बढी नजिक महसुस गरिने उनको भनाइ छ । यसले महिला मानसिक र शारीरिक रुपमा बढी स्वतन्त्र महसुस गर्ने र यसको प्रभाव प्रार्थनामा समेत पर्ने पादरीले दावी गरेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.