मोटरसाइकल चलाउँदा चलाउँदै मोबाइल चार्ज !

स्मोटफोन प्रयोगकर्ताहरुका लागि एउटा खुसीको खबर छ । अब मोटरसाइकल चलाउँदा चलाउँदै तपाई आफ्नो स्मार्टफोन चार्ज गर्न सक्नुहुनेछ । गुडिरहेको मोटरसाइकलको सीटको सतहमा उत्पन्न हुने भाइब्रेशनले फोन चार्ज गर्न सम्भव भएको छ । इन्जिनियरहरुले एक यस्तो प्रबिधिको विकास गरेका छन् जसले स्मार्टफोनको ब्याट्री बिनै इलेक्टि्रक कोड रिचार्ज गर्न सक्छन् । ‘एड्भान्स इनर्जी मटेरियल्स’ पत्रिकामा प्रकाशित यो खोजका अनुसार न्यानो जेनेरेटर नाम दिइएको यो प्रविधीले भाइब्रेशनलाई पावरमा परिर्वतन गरेर फोनमा स्थानान्तरण गर्ने क्षमता राख्छ । युनिभर्सिटी अफ विस्कसिन मेडिसिनका सहायक प्राध्यापक जूडोंग वांगले भनेका छन्-’यो प्रयोग आफै चार्ज हुने क्षमता राख्ने इलेक्ट्रोनिक उपकरण निर्माणका लागि फलदायी हुन्छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.