मेस्सी मैदानमै विरामी ! अर्जेन्टिना र रोमानियाले बराबरी खेले

२२ फागुन, काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी मैदानमै विरामी भएका छन्, जुन खेलमा अर्जेन्टिना रोमानियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

बुकरेष्टमा भएको मैत्रिपूर्ण फुटबलमा मेस्सी निकै असहज देखिएका थिए । खेलको १७ औं मिनेटमा उनले मैदानमा वान्ता गर्न पुगे । यद्यपिले पूरै ९० मिनेट खेले । उनले भनेका छन्–‘मलाई यस्तो भइरहन्छ । बार्सिलोनाबाट खेल्न पनि केही पटक भएको छ । यो केही होइन ।’
४७ हजार दर्शकको उपस्थिति रहेको खेलमा अर्जेन्टिनाले रोमानियालाई दबाव राखे पनि गोल गर्न भने सकेन । विश्वकपको बलियो टोलीविरुद्ध मैत्रिपूर्ण खेलेको रोमानियाले भने डिफेन्समा राम्रो खेल पेश गरेको थियो ।

चोटमुक्त भएपछि फर्ममा फर्कँदै गरेको सर्जिओ एग्युरो खेलको ५६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए, उनी पनि रोमानियाको डिफेन्समा चिर्न असफल रहे ।
खेलको ८४ औं मिनेटमा अर्जेन्टिनाले राम्रो मौका गुमायो । मेस्सीले डि बक्सभित्र दिएको पासमा डी मारियाको प्रहार रोमानियाका गोलरक्षकले रोके ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.