केन्याकी अश्वेत नायिका लुपिता न्योङओ संसारभरमा वर्षकी सर्वाधिक सुन्दर
महिला चुनिएकी छन् । उनलाई प्रतिष्ठित पिपुल म्यागाजिनले आफ्नो नयाँ अंकमा
विश्वकै 'ब्युटिफुल वुमन' को सूचीमा एक नम्बरमा राखेको छ । म्यागाजिनको २५
वर्षको इतिहासमा सुन्दर अश्वेत महिला चुनिने लुपिता तेस्रो बनेकी छन् ।
यसअघि सन् २००३ मा हाले बेरी र २०१२ मा वियोन्सेले उपाधि जितेका थिए ।
'यो वर्ष वास्तवमै अरू प्रतिस्पर्धी नै थिएनन्,' म्यागाजिनका सम्पादन
मण्डलका निर्देशक जेस काग्लेले लुपिताको छनोटबारे भने, 'उनी विकल्परहित
थिइन् ।' ३१ वषर्ीया सुन्दरी ओस्कार विजेता पनि हुन् । उनी अभिनीत पहिलो
फिल्म 'टुभेल्स इयर्स अ स्लेभ' ले त ओस्कार जित्यो नै, लुपिताले पनि
सहअभिनेत्रीको ओस्कार जितिन् । सोही उपाधिले पनि सुन्दर बन्न मद्दत
पुर्याएको पिपुल म्यागाजिनले जनाएको छ । ओस्कार जितेर मात्रै नभई लुपिताको
ओजपूर्ण भाषण कौशललाई पनि यसको हकदार मानेको छ । हरबखत हँसिलो मुद्रामा
देखिने लुपिताले आफू युवा अवस्थामा हुँदा नराम्री भएको महसुस गरेको बताउँदै
भनिन्, 'त्यसैले भगवान्सँग मेरो छालाको रंगलाई गोरो पारिदिन प्रार्थना
गर्थें ।' उनले सर्वाधिक सुन्दर महिलाको उपाधि आफ्ना लागि महत्त्वपूर्ण
भएको टिप्पणी गरिन्, 'जवान बेला सुन्दरता भनेको टेलिभिजनमा जे देखिन्छ
त्यही लाग्थ्यो । सफा र सेतो छाला अनि लामो, सोझो र बाक्लो कपाल । अनि तपाई
पनि आफूसँग भएको खास सुन्दरता बिर्सेर तिनैलाई एक्सपोज गर्न थाल्नुहुन्छ ।
मलाई पनि त्यस्तै हुन्थ्यो ।'
अश्वेत (काली) नायिका सर्वाधिक सुन्दरी
Powered by Blogger.
0 comments
Write Down Your Responses