मृत्युमै बिशेषज्ञताः जो अहिलेसम्म ५० हजारपटक मरिसके
मानिस जीवनमा एकचोटी मात्र मर्छ, यो बिज्ञानसम्मत कुरा हो । तर, जापानका एक बृद्ध भने अहिलेसम्म ५० हजार पटकजति मरिसकेका छन् ।
उनको जीवनयापनको माध्यम नै मृत्यु हो ,उनी
त्यसैबाट नाम र दाम कमाईरहेका छन् । हामी कुरा गर्दै छौैं एक मृत्यु
बिशेषज्ञ कलाकारको जसको दैनिक कर्म केवल मर्नुमात्र हो ।
यदि तपाईले जापानी सामुराई सिनेमा
हेर्नुभएको छ भने त्यसमा एक भिलेन हिरोको तरबार प्रहारबाट मरेको
देख्नुहुन्छ । उनी हुन सिजो फुकिमोतो जो ५० बर्षदेखि जापानी सिने उद्योगमा
मृत्युधन्दा चलाईरहेका छन् ।
उनी सिनेमाका स्टन्टम्यान हुन जसले बिगत
५० बर्षदेखि जापानी सिनेमाको सेवा गरिरहेका छन् । १५ बर्षको उमेरदेखि
सिनेमा खेल्न थालेका उनी अहिले ७१ बर्ष पुगिसकेका छन् । तर अझै पनि उनको
मृत्यु धन्दा जारी छ । उनी झण्डै ५० हजार सिनमा देखिएका छन र ती सवै मृत्यु
सिन मात्र हुन् ।
‘मैले अहिलेसम्म लिड रोल गरेको छैन’ उनले
भने- केही अफरहरु आए पनि मैले भिलेन हुन मै रमाएँ ।’ उनको पहिलो लिड रोल
फिल्म जुलाई महिनामा रिलिज हुँदैछ ।
आफ्नो अभिनय र भूमिकाप्रति उनी सन्तुष्ट
छन् । उनी जतिपटक मृत्युवरण गरेपनि केही न केही सिर्जना मराई होस् भन्ने
चाहन्छन् । ‘हामी जति सिर्जनशील तरिकाले मर्छौ, त्यति हिरोको हिरोइजम बढछ,
दर्शक खुसी हुन्छन् ।’ उनले भने ।
मर्ने कला उनले चर्चित हास्यकलाकार चार्लि
च्याप्लिनबाट सिकेका हुन् । कुनै स्टन्टम्यानबिनै निकै राम्रो मृत्यु सिन
दिन सक्ने भन्दै उनले च्याप्लिनको खुवै तारिफ गरे ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
0 comments
Write Down Your Responses