ढुकुटीको पैसा खाएर भागेको प्रमाण ल्याए डबल तिर्छु : ऋचा घिमिरे
नायिका ऋचा घिमिरे दोश्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । यसैले पनि उनले आफ्नो अमेरिका बसाई केही समय लम्बिने जनाएकी छिन् । ‘नेपाल र्फकन अझै ४ महिना भन्दा धेरै समय लाग्छ’, ऋचाले भनेकी छिन् ।
यसैविच ऋचा घिमिरे, उनका श्रीमान् शंकर
घिमिरे अमेरिकातर्फ लागेपछि नेपालमा विभिन्न खालका समाचार आइरहेका छन् ।
ढुकुटी खेलाएर रकम नतिरी उनीहरु भागेको भन्ने खबर बारम्बार नेपाली मिडियामा
प्रकाशन भैरहेका छन् ।

उनले आफूले कसैलाई रकम तिर्न बाँकी रहेको
सबुत लिएर आएको खण्डमा त्यस्को दोब्बर तिर्न तयार रहेको बताएकी छिन् । उनले
आफूले ढुकुटी पनि नखेलेको र कसैलाई रकम तिर्न बाँकी पनि नरहेको जनाएकी
छिन् ।
उनले आफ्नो परिवारसँग कसैको दुश्मनी भएको र
उसले नै आफ्नो नाम मिस यूज गरेको बताएकी छिन् । उनले आफ्नो नयाँ चलचित्र
‘तुलसी’ अमेरिकाका विभिन्न शहरमा अझै पनि प्रदर्शन गर्न बाँकी रहेको जनाएकी
छिन् । ७० लाख बजेटमा तयार भएको सिनेमालाई नेपाल आएर पनि प्रदर्शन गर्ने
उनको भनाई छ ।
0 comments
Write Down Your Responses