बलात्कार आरोपमा एकै घरका हजुरबादेखि नातीसम्म जेलमा
२४ बषिर्य महिलालाई बलात्कार गरेको अभियोगमा एकै परिवारका हजुरबादेखि नातीसम्म जेल परेका छन् ।
इन्डोनेसियाकी एक घरेलु महिला कामदारलाई
बलात्कार गरी ‘यौन दासी’ बनाएको अभियोगमा ताइवानको एक परिवारका तीन
पुस्तालाई जेल पठाइएको छ ।

उजुरी गरे इन्डोनेसिया नै फिर्ता पठाइदिने
भन्दै उनले त्यसपछि हप्तामा एक दुईपटकका दरले यौन शोषण गरेको उनले बताइन् ।
हरेक सम्र्पकपछि उनले ती महिलालाई १६ डलर दिएर फकाउने गरेका थिए ।
त्यसपछि उनका ४५ बषिर्य छोराले पनि
उनीमाथि यौन शोषण गर्न थाले, अन्तिममा पालो आयो १५ बषिर्य किशोरको । उनले
पनि यी घरेलु कामदारलाई यौन दासी बनाउन बाँकी राखेनन् ।
जब यी महिलाले पैसा जम्मा गरेर आफुलाई काम लगाउने दलालको पैसा फिर्ता गरिन अनि मात्र उनले कानुनी उपचार खोजिन् ।
अदालतमा यी हजुरबादेखि नातीसम्मले
आफुहरुले पैसा दिएर यौन सम्पर्क राखेको र त्यसमा उनी राजी रहेको दावी गरेका
थिए । तर अदालतले त्यसलाई मानेन् ।
४३ पटक बलात्कार गरेको अभियोगमा हजुरबालाई
१० बर्ष, ३५ पटकको अभियोगमा छोरालाई ९ बर्ष र ३ पटक बलात्कार गरेको
अभियोगमा नातीलाई पुर्नस्थापना केन्द्र पठाउने अदालतले फैसला गरेको छ ।
-एजेन्सीको सहयोगमा
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
0 comments
Write Down Your Responses