ब्रा संग्रहालय खोल्ने बुढाको रहर

चीनका ५६ बषिर्य चेन कुङजु बितेका २० बर्षदेखि एउटा मिसनमा छन् । महिलाले लगाउने ब्रा संकलन गर्ने शौख भएका यी बृद्धले अहिलेसम्म ५ हजार थान ब्रा संकलन गरिसकेका छन् ।
२० बर्षको पौरखबाट जम्मा भएका रंगीबिरंगी यी ब्रा सजाएर उनी संग्रहालय बनाउन चाहान्छन् ।
आखिर किन यी बृद्ध यस्तो अनौठो अभियानमा लागेका छन् ? के यी सवै ब्रा उनले पैसा खर्च गरेर किनिरहेका छन् ?
चेन पेशाले स्वास्थ्यकर्मी हुन र उनले बितेका बर्षहरुमा महिलाको स्तनमा आउने समस्याका बारेमा जनचेतना जगाउने काम गरिरहेका छन् । धेरैजसो महिलाहरुले आफुलाई सुन्दरी देखाउने रहरमा निकै साँघुरा ब्रा लगाउने गर्छन् । जसले गर्दा उनीहरुको स्तनमा समस्या आउने गरेको र सर्जरी गरेर स्तन नै हटाउनुपर्ने दुःखद अबस्थासम्म सिर्जना भएको उनले देखे ।
महिलाहरुलाई सही साइजका ब्रा लगाउन चेतना फैलाउने उदेश्यले उनी कलेजहरुमा पुग्न थाले । कलेजका बिद्यार्थीहरुलाई उनले सही आकारका ब्रा लगाउन र आफ्ना अहिलेका गलत ब्रा फुकालेर आफुलाई दिन आग्रह गरे ।
सुरुसुरुमा त महिलाहरुले यी बुढाको नियत के हो भनेर निकै शंका पनि गरेर उनको अभियानलाई खासै वास्ता गरेनन् । तर जब उनको अभियानको उदेश्य बुझे त्यसपछि उनीहरु आफ्ना ब्रा फुकाल्न राजी भए ।
‘मैले संकलन गरेका धेरैजसो ब्रा कलेजका बिद्यार्थीहरुले मलाई दान दिएका हुन’ चेनले चाइना डेलीसँग भने-’मेरो संकलन हेर्दा बितेका २० बर्षमा कसरी ब्राको प्रबिधि र आकारमा परिवर्तन आयो भन्ने पनि थाहा पाउन सकिन्छ ।’
‘केही साथीहरुले मेरो यो शौखलाई अनौठो र काम नलाग्ने पनि भने’ चेन भन्छन- तर यसमा निकै गम्भीर सन्देश लुकेको छ, म महिलाहरुको स्तनमा ममस्या नआवोस भन्ने चाहान्छु, उनीहरुको स्वास्थ्यप्रति समर्पित गर्दै संग्रहालय खोल्न चाहान्छु ।’
अहिले उनले आफ्नै घरमा ब्रा प्रर्दशन गर्ने गरेका छन् । स्थानीय प्रशासनले उनलाई एक घर अनुदान दिने वाचा गरेको छ । जसमा उनी संग्रहालय स्थापना गर्न चाहान्छन् । संग्रहालयमा आगुन्तुकहरुले निःशुल्क प्रवेश पाउनेछन् ।
‘तर मलाई अझै ५ हजार ब्रा संकलन गर्ने रहर छ’ जनस्वास्थ्यप्रति चेतना जगाउन बेलाबेला सार्वजनिक स्थलमा ब्रा लगाएर उभिने यी बृद्धले भने ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.