गुरुआमाका भित्री बस्त्र चोर्दा समातिए विद्यार्थी
चोरको
आँखा पहिलोचोटि कहाँ पर्छ ? घाँटीको सिक्री ? हातको महंगो घडी ? पर्स ? या
अरु नै केही ? धेरैको अनुमान यस्तै हुन्छ । तर, ताइवानका एक चोर
विद्यार्थीको आँखा भने आफ्नी शिक्षिकाको अन्डरवेयर र प्याडहरुमा परेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
लीन
नाम गरेका ३१ वर्षे ती चोरले गएको सालमात्रै मास्टर्स डिग्रीको सर्टिफिकेट
लिएका थिए । तर, आशक्ति या बैंशले केही भन्दैन भने झैं ती शिक्षित चोरले
भने अति सुन्दर लाग्ने महिला प्रोफेसरका अन्डरवेयर, म्याक्सी प्याड लगायत
गोप्य सामान चोर्दा उनी फन्दामा परेका छन् ।
जब कि, ४१ वर्षीया ती महिला प्रोफेसर
विवाहित हुन् । जसले लिनलाई कलेजमा पढाएकी थिइन् । लिन भने ती प्रोफेसरको
सुन्दरतालाई बिर्सन सकेनन् अण्डरवेयरका लागि घरै फोरेर भित्र पसे ।
कडा मिहिनेत साथ चोरी योजना बनाएका लीनको
योजना यसरी असफल भयो कि, शिक्षिकाका गोप्य कपडा आफ्नो ब्यागप्याकमा
थन्क्याउंदै गर्दा शिक्षिकाका पति टुप्लुक्क घरभित्र आइपुगे ।
चोरी
योजना असफल हुने मात्रै होइन, शिक्षिकाका पतिले प्रहरीलाई उजुरी दिएपछि
उनी यतिबेला प्रहरी नियन्त्रणमा चोरीको मुद्दा खेपिरहेका छन् । यसअघि उनले
फोनमार्फत शिक्षिकालाई दुःख दिने गरे पनि उनले प्रहरीमा उजुरी गरेकी थिइनन्
।
![]() |
0 comments
Write Down Your Responses