पैसा नहुँदा आफ्नै बिहेमा आउन सकिनन् बेहुली, सालीबाट काम चलाए बेहुलाले
चीनको सेन्झेनमा विहेको भव्य तयारी भएको
थियो । तर, बेहुली बन्न आतुर २५ वर्षीया युवती यन्वो सिओङ त्यस ठाउँभन्दा
कोसौं पर अर्थात्, सिचुआन प्रान्तमा थिईन् । आवश्यक रकम अभावले बेहुली
आफ्नै विहेमा आउन असमर्थ भइन् ।
उनी
सेन्झेनसम्म पुग्नका लागि टिकेटसम्म लिनसक्ने अवस्थामा थिइनन् । यता
बेहुला लुई वेइ र निम्तालुहरुको भिड लागि सकेको थियो । विहेको कार्यक्रम
पनि सार्न सक्ने अवस्थामा कोही थिएनन् ।
परिवन्ध यस्तो पर्यो कि, बेहुलीको गाउनमा सजिएर विहेमण्डपमा बेहुलीकी बहिनी पो बसिन् ।
अन्ततः ३० वर्षे वेहुला लिउ ओई र बेहुली
यन्वो सिओङकी बहिनीको विहे सम्पन्न भयो । यन्वोकी बहिनी अर्थात् साली
सुरुमा त अप्ठ्यारो मान्दै थिइन् तर, पछि परिस्थिति सामान्य भयो । विहेपछि
नयाँ जोडीले आफ्ना निम्तालुलाई डिनर समेत दिए ।
तर, बेहुलाले सालीमा चित्त बुझाउनेवाला
थिएनन, नत ‘रियल’ बेहुली प्रेमीलाई आफ्नी बहिनी सुम्पिन तयार थिइन् ।
त्यसैले साली भेनाको बिहे नाटक केवल पाहुनाहरुका अगाडी सीमित रह्यो ।
केही समयपछि असली बेहुली र बेहुलाको बिबाह भयो । बिबाहमा करिव ३ सय पाहुना सहभागी थिए ।
0 comments
Write Down Your Responses