रमेश खरेलसँग बयान लिने काम सकियो
काठमाडौं
। नेपाल प्रहरीका डिआइजीहरुले एआइजीमा बढुवा हुनका लागि नेताहरुको घरमा
पैसाको ब्रिफकेश बोकेर हिडेको अभिव्यक्ति दिएपछि विवादमा परेका प्रहरी
बरिष्ठ उपरीक्षक एसएसपी रमेश खरेलसँग बयान लिने काम सकिएको छ ।
खरेलको
अभिव्यक्तिले आफूहरु लान्छित भएको भन्दै डिआइजीहरुले आपत्ति जनाएपछि
प्रहरी प्रधान कार्यालयले डिआइजी विज्ञान शर्माको संयोजकत्वमा छानबीन समिति गठन गरेको थियो । समितिमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी रमेश पाण्डे र कानुन विभागका एसपी गणेश थापा सदस्य छन् ।
समितिले खरेलसँग बयान लिइसकेको छ । एक
साताको समय पाएको छानबीन समितिको म्याद पनि आइतबार सकिएको छ । समितिलाई
खरेलको विवादस्पद अभिव्यक्तिको छानबीन गरि कारवाहीको सिफारिस गर्नेसम्मको
अधिकार दिइएको छ ।
समितिले खरेलको बोलेको भनिएको विवादस्पद
अभिव्यक्तिको भिडियो तथा अडियो टेप समेत अनुसन्धान गरेको स्रोतले जनाएको छ ।
उनका बारेमा परेका अन्य उजुरीहरुको बारेमा भनें कार्यादेश बमोजिम छानबीन
गरिएको समितिका एक सदस्यले बताए ।
खरेललाई काठमाडौंको प्रमुखबाट हटाउन
गृहमन्त्रालयले निर्वाचन आयोगमा पत्राचार गरे पनि निर्वाचन आचारसंहीता लागु
भएको कारण काज सरुवा अस्वीकार गरेको थियो । त्यसपछि हेडक्वार्टरले उनीमाथि
छानबीन गर्न भन्दै प्रधान कार्यालयमा तानेको छ ।
0 comments
Write Down Your Responses