जाभियर जानेटी भन्छन्-ब्राजिल विश्वकप मेस्सीकै लागि हो
अर्जेन्टिनाका
पूर्व मिडफिल्डर जाभियर जानेटीले लिओनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी
भएको बताएका छन् । यसलाई पुष्टी गर्न विश्वकपको उपाधि नचाहिने भन्दै उनले
भनेका छन्-’क्लब र देश दुबैका लागि उनी उत्कृष्ट खेलाडी हुन् । उनलाई कसैले
पनि भेट्टाउन सक्दैनन् ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
चार पटकका बालोन डि’ओरका विजेता मेस्सीले
बार्सिलोनाका लागि च्याम्पियन्स लिग र ला लिगासँगै धेरै उपाधि जितेका छन् ।
तर, अर्जेन्टिनालाई विश्वकप दिलाउन नसकेको भन्दै आलोचना पनि हुने गरेको छ ।
तर, जाभियर जानेटी मेस्सीले फुटबल मैदानमा
जे गरेका छन् त्यो अद्भुत रहेको बताउँछन् । दैनिक रुपमा खेल्ने खेलाडीसँग
एकअर्कामा टाढैबाट बुझ्ने क्षमता विकास हुने तर, केहिले काँही खेल्नेसँग
नहुने भन्दै उनले मेस्सीले अर्जेन्टिनाका लागि भन्दै बार्सिलोनालाई बढी
जिताउनु स्वभाविक भएको बताए ।
उच्च खेलाडीहरुलाई देशका लागि खेल्दा असहज
हुने भन्दै उनले भनेका छन्-’म उनलाई यो विश्वकपमा उत्कृष्ट हुने देख्दैछु ।
यो स्टेज उनकै लागि निर्माण भएको हो । मलाई लाग्छ यो हाम्रो समय हो र
हामीले मेस्सीले उपाधि उचालेको देख्छौं ।’
विश्वकपको उपाधि जित्न सहज नभएको भन्दै
जाभियर जानेटीले भनेका छन्-’भाग्यले पनि साथ दिनुपर्छ । जुन सँधै हाम्रो
बाटोमा हुँदैन ।’ मानिसहरुले हरेक विश्पकपमा अर्जेन्टिनालाई उपाधिको
दावेदारका रुपमा हेरे पनि त्यो विरोधाभास भएको उनले बताए ।
अर्जेन्टिनाका जनताको जीवनमा फुटबल अभिन्न
अंग भएको भन्दै उनले ट्रफी विना टोली घर र्फकँदा उनीहरु निरास हुने बताए ।
उनले भनेका छन्-’तर, यो पटक हामी गर्छौं । धेरैले अपेक्षा गरेका छन् कि
मेस्सी, गोन्जालो हिगुइन र सर्जिओ एग्युरो अगाडी हुनेछन् ।’
![]() |
0 comments
Write Down Your Responses