अश्लील नृत्य गर्ने तीन महिला कलाकार पक्राउ


अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ । जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए । रासस
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.