सार्कका लागि ११ लाखको गमला

सिमेन्टले बनेका यी गमला टाढाबाट हेर्दा माटोले बनेका भक्तपुरे कलात्मक गमला हुन् कि भन्ने भान पर्छ । महानगर सार्क तयारी समितिका सदस्य सचिव तथा वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठले सुन्दर तथा हरियालीका लागि गमला राखिएको बताए । उनका अनुसार पाँच सय गमला पाहुना हिड्ने बाटोमा बिरुवासहित राख्न लागिएको छ । यी गमला एकान्तकुनामा रहेको ललित कलाकेन्द्रले बनाएको हो । केन्द्रका सञ्चालक महेश राजबंशीले महानगरपालिकाले अन्तिम समयमा गमला बनाउन दिएकाले कामको निकै चटारो भएको बताए । केन्द्रमा कामदार र राजवंशी आफै पनि गमला बनाउन ब्यस्त छन् । ‘सुक्न नभ्याउदै महानगरपालिकाको गाडी आएर लैजान्छ’, उनले भने । महानगरपालिकाले गमलाका लागि नौ लाख ८७ हजार रुपैयाा खर्च गरेको छ ।
![]() |
0 comments
Write Down Your Responses