छोरी बलात्कार गरेको भन्दै नांगेझार पारेर रामधुलाइ
आफ्ना
सन्तानमाथि कसैले दख्खल पूरायो भने कुन आमाको पारो तात्दैन र ? अझ आफ्नै
छोरीमाथि कसैले बलात्कार गर्यो भने आमाको रिस कति उम्लिएला ? आफ्नी १३
वर्षकी छोरीलाई बलात्कार गरेको भन्दै एक महिलाले आरोपित युवकलाई नांगेझार
पारेर गरेको रामधुलाईले यसलाई पुष्टि गर्छ । मलेसियामा भएको यो घटनाले
अहिले निकै चर्चा पाएको छ । छोरी बलात्कार गरेको आरोपमा नांगेझार पारेर
युवकलाई कुटिरहेको भिडियो इन्टरनेटमा भाइरल बनेको छ । युट्युबमा यो भिडियो
अहिलेसम्म अढाइ लाख भन्दा बढिले हेरिसकेका छन् ।
समाचार अनुसार आफ्नो किशोरी छोरीलाई बलात्कार गरेको आरोपमा एक महिलाले
२८ वर्षको एक पुरुषलाई सार्वजनिक स्थलमै नांगेझार पारेर कुटपिट गरेकी छिन् ।
उनले ती युवकका हात पछाडिपट्टी बाँधेर लडाएपछि उसलाई लट्ठीले सरीरका
विभिन्न भागमा निर्मम प्रहार गरिन् । इन्टरनेटमा सार्वजनिक भएको भिडियोमा
ती रिसाहा महिलाको कुटाइ खाने युवकको पाइन्ट खुस्किएको र संवेदनशील अंग
देखिएको देख्न सकिन्छ भने ती महिलाले युवकको नांगो नितम्बमा लठ्ठीले प्रहार
गरिरहेको देखिन्छ । सार्वजनिक स्थानमा भैरहेको यो तमासा हेर्ने धेरै
मान्छे जम्मा भएका थिए । कसैले प्रहरीमा खबर गरेपछि कुट्ने आमा र रमितेहरु
भागे । प्रहरीले गम्भीर घाइते भएका युवकलाई अस्पतालमा लगेर उपचार गरायो ।
छोरी बलात्कार गरेको आरोपमा युवकमाथि सार्वजनिक बेइज्जती गर्दै कुट्ने महिलामाथि कानून हातमा लिएको अभियोगमा प्रहरीले खोजतलास गरिरहेको छ । युवकलाई हात बाँध्न सहयोग गर्ने मानिसहरु तथा रमितेहरुलाई समेत कारवाही गरिने अधिकारीहरुले बताएका छन् । प्रहरीले ती महिला र अन्य सहयोगीलाई आत्मसमर्पण गर्ने आशा गरेको छ । त्यस्तै युवकमाथि पनि बलात्कारको आरोपका विषयमा छानविन भैरहेको बताइएको छ । १३ वर्षकी किशोरी बलात्कारमा युवक दोषी प्रमाणित भएमा उनीमाथि लामो जेल सजाय हुने बताइएको छ ।

0 comments
Write Down Your Responses