फेला पर्यो विश्वको सबैभन्दा पूरानो पाइजामा
हजारौँ
वर्ष पूराना मानिसका कंकाल तथा हिउँमा रहेका लाशहरु फेला परेको कुरा त
सुनिएकै हो । तर चीनमा भने मानिसले लगाउने ३ हजार वर्ष पूरानो पाइजामा फेला
परेको छ ।
चीनको
तारीम बेसिन क्षेत्रमा उत्खननका क्रममा वैज्ञानिकहरुले यो पाइजामा फेला
पारेका हुन्, जो विश्वकै अहिलेसम्म प्राप्त सबैभन्दा पूरानो लुगा भएको दाबी
गरिएको छ ।
प्राचीन यंगहाइ चिहान क्षेत्रमा फेला
परेको उक्त पाइजामा भेटिएपछि मानिसले कति पहिलेदेखि यस्ता लुगा लगाउन सुरु
गरेका रहेछन् ? भन्ने कुरा पत्ता लगाउन सहज बन्ने वैज्ञानिकहरुको दाबी छ ।
विज्ञान प्रविधि सम्बन्धि समाचार वेबसाइट
फिजओर्गका अनुसार कार्बन डेटिङ प्रविधिद्धारा यो पाइजामाको उमेर पत्ता
लगाइएको थियो । जसबाट पत्ता लाग्यो की यो पाइजामा ३ हजार वर्ष पहिले
बनाइएको रहेछ ।
उक्त चिहान क्षेत्रमा मानव हड्डीका साथै
घोडाको एक लगाम पनि फेला परेको बताइएको छ । यसबाट वैज्ञानिकहरुले के अनुमान
लगाएका छन् भने घोडसवारीका बेला सजिलो होस् र छालामा बढि घर्षण र जलन
नहोस् भनेर मानिसले उतिबेलैदेखि पाइजामा लगाउने गर्थे ।
0 comments
Write Down Your Responses