महिलाले जंगलमा बच्चा जन्माएको टेलिभिजनमा लाइभ
एकजना
महिलाले कंक्रिटयुक्त भुइँमा ओछ्याइएको प्लास्टिकको गुन्द्रीमा बच्चा
जन्माएको दृश्य गएको वर्ष यु ट्युबमा अपलोड भएपछि त्यो एकाएक भाइरल बन्यो ।
यु ट्युबको त्यो दृश्य लाखौँ मानिसले हेरे । यो दृश्य निकै भयंकर पनि थियो
त्यसैले धेरैले यसको आलोचना गरे । तर जंगलमा यसरी एक्लै बच्चा जन्माएको
दृश्यबाट प्रभावित भएर अमेरिकाको एउटा टेलिभिजनले रियालिटी शो नै निर्माण
गर्ने भएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
अमेरिकी टेलिभिजन लाइफटाइमले जंगलमा जन्म
अर्थात् बर्न इन दी वाइल्ड नामको यस्तो रियालिटी शो तयार गर्ने योजना
बनाएको छ जसमा जंगलमा महिलाहरुले डाक्टरको सहयोग विना प्राकृतिक तबरले नै
बच्चा जन्माएको खाँटी दृश्य देखाइनेछ ।
यो रियालिटी शो मा बच्चा जन्माउने बेला
पुगेका महिलाहरुलाई सहभागि गराइनेछ, अझ भनौँ व्यथा लागिसकेका महिलाहरुलाई
कुनै एकान्त ठाउँमा लगेर राखिनेछ र त्यहाँ ती महिलाले कुनै डाक्टर वा
सुडेनीको सहयोग विना बच्चा जन्माउनेछिन् । त्यो सबै दृश्य क्यामरामा कैद
गरेर रियालिटी शो मा देखाइनेछ ।
चिकित्सकले स्वस्थ भनेर प्रमाणित गरिसकेका र दोश्रो बेत पछाडिका गर्भवति महिलालाई मात्र रियालिटी शो मा सहभागि गराइने बताइउको छ ।
लाइभटाइम टेलिभिजनका कार्यक्रम प्रमुख इली
लेहरका अनुसार पहिलोपटक बच्चा जन्माउन लागेका र स्वास्थ्यमा समस्या भएका
महिलालाई भने सहभागी गराइने छैन ।
यता, यस्ता खाले लहडी तथा जोखिमयुक्त
कार्यले महिला र बच्चाको ज्यान जोखिममा पुग्ने र नराम्रो प्रथाको सुरुवात
हुने भन्दै कतिपयले आलोचना गरेका छन् । तर टेलिभिजनले भने रियालिटी शो का
लागि जंगलमा बच्चा जन्माउने महिला पूर्णतया सुरक्षित हुने र त्यहाँ
पृष्ठभूमिमा प्रसस्त सहयोगी राखिने दाबी गरेका छन् ।
![]() |
0 comments
Write Down Your Responses