शिशुलाई गर्भनिरोधक खोप

फिदिम नगरपालिका ४ सारन्ताका महिला बिहीबार बालबच्चा च्यापेर हुत्तिँदै देवीथानतिर लागे । खबर आएको थियो-बालबच्चाको उपचार गर्न डाक्टर आएका छन् रे ! सो ठाउँमा केही सहयदेखि ज्वरो, भाइरल र झाडापखाला फैलिएको छ ।
‘बालबालिकामा प्रकोप फैलन नपाओस भनेर सरकराले मलाई खोप लगाउन पठाएको,’ देवीथानमा एक अपरिचितले भने । उनको काँधमा थियो झोला । झोलामा थिए, केही थान औषधि र सिरिन्ज । आफ्नो नाम बताए, कृष्ण बर्देवा । घर, ताप्लेजुङको तेल्लोक । बालबालिकालाई अरु बेला पनि खोप लगाउन देवीथानै लगिने गरिएको नागरिक दैनिकमा खबर छ ।
अपरिचितले झोलाबाट इन्जेक्सन झिके र भटाभट चार बालबालिकालाई लगाइदिए । डाक्टरी ठाँटका व्यक्तिप्रति शंका गर्नुपर्ने कुनै व्यवहार आमाहरुले तत्काल देखेनन् । सन्तान च्यापेर घर फर्किए । तर, केही बेरमै उक्त ‘डाक्टर’ जँड्याहा देखापर्‍यो । गाउँमा जाँड खाएर मात्तिँदै हिडेको देखेपछि उनीहरुको मनमा ढ्यांग्रो बज्यो । हत्तपत्त प्रहरीलाई खबर गरे ।
आमाहरु तब पछुताए, जब नबुझी अपरिचितलाई विश्वास गर्दा सन्तानलाई गलत खोप लगाइएको थाहा पाए । त्यो पनि गर्भ निरोधक खोप ! ती अपरिचितले महिलालाई गर्भनिरोधका लागि तीन-तीन महिनामा लगाइने डिपो प्रोभेरा सातमहिने शिशुसहित चार बालबालिकालाई लगाइदिएका थिए । यो संगिनी सुईजस्तै सरकारले स्वास्थ्यसंस्थामा निःशुल्क उपलब्ध गराउने गर्भनिरोधक सुई हेा ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.